आइएमई जनरलको बोनस समायोजनपछि ६०२ रुपैयाँ सेयरमूल्य निर्धारण

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) को सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार मूल्य समायोजन भएको हो । आइएमई जनरलले ७ प्रतिशत बोनस सेयरको समायोजनपछि प्रतिकित्ता ६०२।८० रुपैयाँ मूल्य तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।…