काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न भएपछि बंगलादेशको ढाका डाइभर्ट गरिएको छ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको उडान नम्बर टीके ७२६ (ए३३० सिरिजको वाइड बडी) जहाजले प्राविधिक समस्याका कारण ओभरसुट गरेको थियो । विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार जहाजको अवतरण तालिका…