अपि पावरको बोनस र हकप्रद प्रस्ताव पारित

अपि पावर कम्पनी लिमिटेड (API) को भदौ २५ गते शुक्रबार सम्पन्न अठारौँ वार्षिक साधारण सभाले कम्पनीले गत आवको नाफाबाट प्रस्तावित साढे १० प्रतिशत बोनस र बोनसपछि कायम चुक्ता पूँजीको ३९ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा शुक्रबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको सभाले २०७८ असार मसान्तसम्मको सञ्चित…