सरकारले सार्वजनिक संस्थानहरुको पनि सर्वसाधारणहरुमा शेयर जारी गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन बजेटमा सार्वजनिक संस्थाहरुलाई पूँजी बजारमा सूचीकृत गरिने बताएका हुन् । यसैगरी उनले पूँजी बजारमा वित्तीय अनुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षणमा जोड दिइने उल्लेख गरे । मन्त्री शर्माले सरकारको मातहतमा रहेका पूर्ण सरकारी स्वामित्वका संस्थाहरुको आवश्यकता…