राष्ट्रिय बीमा संस्थानले चुक्ता पूँजी २ अर्ब पुर्याउने

सरकारी स्वामित्वको जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पूँजी पु¥याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप पूँजी कायम गर्ने बताए । उनले नियामकको निर्देशनमा दुई अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने…