दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम बन्दै पोखरा–सिमरा उडान

गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ । लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ ले विशेष पहल गरेका थिए…