प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयक उपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले…