भारत भ्रमणका क्रममा जमिन सट्टापट्टाका बारेमा औपचारिक कुराकानी भएको छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालमा लगानी बढ्ने वातावरण बनेको उल्लेख गर्दै यो बेला बलियो राष्ट्रिय एकता प्रदर्शन गर्ने गर्नुपर्ने भएको बताएका छन। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, 'विकास र समृद्धिका लागि सबै नेपालीको साझा मत हुनुपर्नेमा त्यसो हुन सकेको छैन । इतिहासदेखि थाँती रहेका सबै समस्या समाधानका लागि विश्वासको…