छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख २० हजार कित्ता संस्थापक शेयरहरू बिक्रीमा ल्याएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।…