हाइड्रोपावर र लघुवित्तमा आकर्षण, अरुण काबेलीको उच्च कारोबार

शेयर लगानीकर्ताको आकर्षण सोमबार पनि हाइड्रोपावर र लघुवित्तको शेयरमा देखिएको छ । उच्च आकर्षणले धेरै शेयर कारोबार गर्ने कम्पनीको सूचीमा दशमध्ये सातवटा हाइड्रोका कम्पनी रहेका छन् भने शेयरमूल्य बढ्ने कम्पनीको सूचीमा पनि तीन यसै समुहका कम्पनी रहेका छन् । हाइड्रोपावरपछि लघुवित्तको शेयरमूल्य उच्च बढ्नेमा अगाडि देखिएको छ । शीर्ष शेयरमूल्य बढेका दशमध्ये पाँच लघुवित्त रहेका…