सोमबार लगानीकर्ता विकास बैंकतर्फ मोडिए, मुक्तिनाथ विकास बैंकको सर्किट मूल्यमा उच्च कारोबार

शेयर बजारका लगानीकर्ताहरु विकास बैंकतर्फ मोडिएका छन् ।आइतबार वित्त कम्पनीको शेयरमा लागेका शेयर खेलाडीहरु सोमबार विकास बैंकको शेयरतर्फ मोडिएका हुन् । यसअघि केही दिन पहिले जलविद्युत कम्पनीहरुको शेयरमा लगानी बढाएका कारोबारी लगानीकर्ताहरु आइतबारु वित्त कम्पनीहरुको शेयरतर्फ मोडिएका थिए । सोमबार भने विकास बैंकको शेयरमूल्य उच्च रुपमा बढेको छ । आजको बजारमा विकास बैंकको सूचक ३.८८…