अनुत्पादक क्षेत्रमा हुने खर्च कटौतीमा ध्यान केन्द्रित गर्न पूर्वअर्थमन्त्रीहरुको सुझाव

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । अर्थमन्त्री शर्माले आइतबार पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफल गरेको सचिवालयले जनाएको छ ।  पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको…