नक्कली भ्याट बिलबाट ठगी गर्ने दुई फर्म विरुद्ध राजश्व अनुसन्धान विभागद्धारा २३ करोडको मुद्दा दायर

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा दुई फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले महालक्ष्मी नगरपालिका १ स्थित मनिष ट्रेडिङ्ग कन्सन र बारा जिल्ला रामपुर टोकनी ३ स्थित साहारा एण्ड खातुन ट्रेडर्स विरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दर्ता गरेको छ…