जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो । घरदैलो सेवा भने दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म…