बजेटले वनस्पति घ्यू तेल उत्पादक निराश, भन्सार महशुल संशोधनको माग

गत सोमबार अर्थमन्त्री प्रकाश शरण महतले सार्वजनिक गरेको बजेटले वनस्पति तेल उत्पादक उद्योगी, व्यवसायीहरु निराश भएका छन् । मुलुक आर्थिक मन्दीबाट ग्रसित भएको समयमा सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाले वनस्पति तेल उत्पादनमा आवद्ध उद्योगहरु धरासायी अवस्थामा पुगेको व्यवसायीहरुको भनाइ छ । यस अघिको व्यवस्थामा भन्सार महशुल १ प्रतिशत थियो भने आर्थिक वर्ष २०८०/८१ को बजेटले…