नेपाल टेलिकमले लकडाउनमा समयमा उपलब्ध गराएको विभिन्न सेवा सुविधाहरुमा कटौति गरेको छ । सरकारले लकडाउन केहि खुकुलो बनाएसँगै टेलिकमले लकडाउनका लागि उपलब्ध गराउँदै आएका केहि सेवाहरु कटौति गरेको छ भने केहिलाई निरन्तरता दिएको छ। टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल…