विकसित मुलुकहरुले अवलम्बन गरेको पहिलो चरणको पुर्वाधार विकासको योजना प्रभावकारी रुपमा कार्यान्वायन हुँदा आज ती मुलुकहरु धेरै अघि बढेका छन् । सन् १९६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच बर्षे गुरुयोजना मार्फत पूर्वाधार विकासमा ठुलो लगानी गर्यो । यसमा पनि क्युन्ग्बू एक्सप्रेस वेको भूमिकाले नै समग्र कोरियालाई प्रगतीको दिशातर्फ उर्जा दिएको इतिहास हामीसामू जगजाहेर…