दिल्लीका मुख्यमन्त्री केजरीवाल विरामी, कोभिड–१९ परीक्षण गरिँदै

भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन्।  ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उनलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन् ।उनको आज मङ्गलबार कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका…