नेपालको पहिलो फिनटेक कम्पनी फोनपेले आईपीओ ल्याउने

दैनिक सात अर्बभन्दा बढीको नगद रहित कारोबारलाई सहजीकरण गरिरहेको नेपालकै पहिलो फिनटेक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने तयारीका लागि एनएमबि क्यापिटलसँग बुधबार सम्झौता गरेको छ । एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने विषयमा आवश्यक परामर्श दिनेछ ।…