काठमाडौँ । साताको दोस्रो कारोबारदिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो…