अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने खेल रोकिनुपर्छ : उपभोक्ता

उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ । सरकारले लकडाउन गरेकोप्रति स्वागत गर्दै मञ्चले महामारीको जोखिमबाट नागरिकको जीवन बचाउन र लकडाउनको यस अवस्थामा उपभोक्ताको हित संरक्षण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी संवदेनशीलताका साथ वहन गर्न सरकारसहित…