विदेशबाट आएका ६२ नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा पु¥याइयो

विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो ।…