विदेशबाट पाँचथर फर्किएका क्वारेन्टाइनमा

पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए। सङ्कलित विवरणका आधारमा हिजोबाट क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवं कोभिड–१९ जोखिम न्यूनीकरण एवं समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले…