सेनाको सहयोगमा खोटाङमा ३६ शय्याको क्वारेन्टाइन निर्माण

नेपाली सेनाको सहयोगमा खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो । यसअघि माउन्ट एभरेष्ट बोर्डिङ स्कूलमा निर्माण गर्ने भनिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्षले…