दशैंको मुखमा खुल्ने भयो तातोपानी नाकाः असोज १९ गतेदेखि सञ्चालनमा आउने

झण्डै तीन महिनादेखि बन्द नेपाल–चीन व्यापारिक नाका तातोपानी असोज १९ गते सोमबारदेखि सञ्चालनमा आउने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नेपाली र चिनियाँ अधिकारीबीच आज भएको छलफलमा यस्तो समझदारी भएको हो । असोज १६ गतेसम्म नेपाली पक्ष र १८ गतेसम्म चिनियाँ पक्षले तयारी सकेर १९ गतेबाट नाका सञ्चालनमा ल्याईने प्रजिअ ढकालले…