सशस्त्र प्रहरी बलले अवैध रूपमा भित्र्याइएको चार लाख भारतीय रकम सहित कपिलवस्तुको कृष्णनगर नाकाबाट एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए। विशेष सूचनाको आधारमा जाँच गर्दा…