धुलिखेल-काठमाडौँ विद्युतीय बस सञ्चालनमा

काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो । नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए। उनले भने, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा…