कोरोनाको कहरः चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो, फिलिपिन्समा पनि एकको मृत्यु,

कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन्। गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा संक्रमित भएको छ…