नेपाल सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथामका निम्ति विदेशबाट खरिद गरेर ल्याउने औषधी र स्वास्थ्य सामानहरूको सूची टुङ्गो लगाएको छ। नेपाली सेनाले दुई छिमेकी देशहरू चीन र भारतबाट 'जीटुजी' विधिमार्फत् ती सामानहरू किनेर ल्याउने भएको हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार चीनबाट ७६ थरी र भारतबाट ५३ थरीका सामग्री ल्याइने अहिलेसम्मको निर्णय छ। चीनबाट स्वास्थ्य…