प्रि ओपनिङ्ग कारोबार: तीन कम्पनीको शेयरमूल्य ४% धेरै बढ्यो

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा सोमबार कारोबारमा आएका ५ कम्पनीमध्ये ३ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने १ कम्पनीको शेयरमूल्य ३.४६ प्रतिशतले घटेको छ। कारोबारमा आएका रि इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घटेको हो भने हिमाल दोलखा हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको हो। अपि पावरको शेयरमूल्य भने स्थिर रह्यो।…