इजी एस्योरेन्स अन्तर्गतको इजी ट्याक्सीले माछापुच्छ्रे बैंकसंग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजी एस्योरेन्सको तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका हुन् । सो सम्झौतापछि इजी ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत…