उद्योग विभागले १५ दिनका लागि स्थगित गर्यो अनलाइन बाहेकका सबै सेवा

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिपुरेश्वरस्थित उद्योग विभागले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सबै सेवा बन्द गरेको छ । मन्त्रालयको निर्देशनपछि सबै किसिमका सेवाहरु १५ दिनका लागि बन्द गरिएको विभागले जनाएको छ । कोभिड संक्रमण दर तिब्र बनिरहेको अवस्थामा सेवाग्राहीको भीड नियन्त्रण नभएकाले सेवाहरु बन्द गरिएको विभागले जनाएको छ । आफैं उपस्थित भएर गर्नुपर्ने…