राजश्व अनुसन्धान विभागद्धारा ५० करोड राजश्व छली आरोपमा मुद्दा दायर

राजश्व अनुसन्धान विभागले विभिन्न कम्पनी मार्फत भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध मुद्दा चलाएको छ। रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्ता समेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख बिगो कायम गरी आइतबार रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ…