उपत्यका लगायत देशभरका सडक मर्मतका लागि छुट्याइएको रकम खर्च भएन

सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन। विभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ। केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले…