महिला सहयात्रा लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।…