भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारी सहित ७ जना उपर विशेष अदालत, काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव अधिकारी, मालपोत अधिकृत रघुवंश कंडेल, नासुहरु उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल उपर मुद्दा चलाएको हो। मालपोत कार्यालयमा…