सिद्धार्थ बैंक (SBL) ले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको थप २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ। उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।…