भेरी-बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा, सर्वसाधारणको ४९ % शेयर लगानी रहने

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी 'मोडालिटी' टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले 'जनताको जलविद्युत् कार्यक्रम'अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको टुङ्गो लगाएको हो । ऊर्जामन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्बद्ध सरोकारवालाको बैठक डाकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए । बैठकमा उनले सङ्घ, प्रदेश र स्थानीय तह तथा सरकारी…