युवाहरुको आन्दोलनबाट दबाबमा परेको सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भएको विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च विवरण सार्वजनिक गरिएको हो। कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा…