शहरका विज्ञापन होर्डिङ बोर्ड र अव्यवस्थित तार हटाइने

सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही…