नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा लगातार दोस्रो सकारात्मक सर्किट लागेको छ। असार २३ गते मंगलबार ४४० रुपैयाँमा पहिलो कारोबारको खुलेको ९ मिनेट अवधिमा प्रतिकित्ता ४४ रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४८४ पुगेको हो। कम्पनीको शेयर खरीदका लागि २७ हजार बढी कित्ता शेयरको माग मार्केट डेप्थमा देखिएको छ। असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको…