नेपाली बजारमा सोमबार हालसम्मकै महङ्गो भएको सुन मंगलबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो। दुई साता यता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलो पटक ओरालो लागेको हो। लकडाउनपछि बन्द रहेको सुनचाँदीको भाउ निर्धारण जेठ २५ गतेपछि नियमित रुपमा तोकिँदै आएको छ।…