खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छिन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताइन्। उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी दिएकी हुन्। पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै गर्ने उनको भनाइ थियो…