भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युड (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ। “शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । सङ्क्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीबारे सोधिएको प्रश्नमा अस्पतालका सुपरिन्टेन्डेन्ट तथा चिकित्सक डिके…