दिगो विकास लक्ष्य हासिल गर्न ऊर्जा क्षेत्रको भूमिकामा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वच्छ, भरपर्दो र आधुनिक ऊर्जाको सुनिश्चित गरी सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय योजना आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा संयुक्त राष्ट्रसङ्घीय एशिया प्रशान्त क्षेत्रका लागि सामाजिक तथा आर्थिक आयोग (युएनस्क्याप) द्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्यको लक्ष्य नं…