बन्दाबन्दीको ४४ औं दिन बिहानै मोबाइलमा घण्टी बज्यो । पुरानो मित्रको फोन रहेछ । सधै जस्तै पारिवारिक हालखबर सोधपुछ भयो । बन्दाबन्दीको समयमा दिनहरु बिताउँदा गर्ने गरेका क्रियाकलापको बारेमा कुराकानी भयो। मित्रको बोलीमा सधैजस्तो उत्साह थिएन। त्यसमा पनि बिहान बिहान फोन गर्नुमा केही समस्या छ कि भन्ने शंका लागेर मैले उनलाई केही विशेष थियो कि?…