सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको बन्दाबन्दीको अवधिभरलाई शून्य समयको मान्यता दिने र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने फैसला गरेको छ। नेपालको न्यायिक इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सबै १९ न्यायाधीशको उपस्थिति भएर बृहत् पूर्ण इजलासले बन्दाबन्दी अवधिलाई शून्य समयको मान्यता दिने र बन्दाबन्दी खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने…