नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर परिषद्को १०४औं बैठकले २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्वास्थ्य सामग्री सहित विभिन्न २८ वस्तुमा गुणस्तर र…