नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जेठ ६ गतेदेखि २० गतेसम्म शेयर कारोबार स्थगन गर्ने निर्णय गरेको छ। नेपाल स्टक एक्सचेञ्जको सोमबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो। नेप्सेकी उप प्रबन्धक प्रविन पान्दकले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम (काबु बाहिरको परिस्थितिमा)…