झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो । कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनसमेत सहयोग…